Posts

Showing posts from January, 2017

१२ दुर्वासा

Image
‘त्यो माहोलमा चोर, गुण्डा र अपराधीमात्रै हुर्कन्छन् । मलाई ती कुकुरहरूको पटक्कै दयामाया लाग्दैन । ती त नालीका कीरा हुन् । त्यो टोलका केटाकेटीहरू हाम्रो सभ्य समाजको लागि एउटा ठूला खतरा हुन् ।’ आधुनिक चालढालकी महिलाले घृणाभावमा सुकुम्वासीलाई गालीको भाषा प्रयोग गरेपछि हत्याको मुद्दामा निर्णय लिन छलफलमा जुटेका १२ जना जुरीसदस्यमध्ये एक जुरुक्क उठ्छ । उनको अनुहारमा पोतिएको आक्रोश शब्दमा व्यक्त हुन्छ । भन्छ, ‘मेरो बाल्यकाल पनि त्यही सुकुम्वासी बस्तीमा बितेको थियो । त्यहीँको नालीमा खेलें, हुर्किएँ । मेरो शरीरमा अझ त्यहीँको गन्ध बाँकी होला । त्यसको अर्थ म नालीको किरो हुँ, कुकुर हुँ ?’ दुवैतिरको आक्रोश बढ्दा उनीहरूलाई चुप लगाउन अरू सदस्यलाई हम्मे पर्छ । त्यहाँको माहोल हेर्दा लाग्छ, उनीहरू कुनै मुद्दालाई किनारा लगाउन होइन, आफैँबीच भनाभन गर्न आएका हुन् । अमेरिकन नाटककार रेनाल्ड रोजको नाटक ‘ट्वेल्भ एंग्री मेन’को नेपालीकृत स्वरूप ‘१२ दुर्वासा’को दृश्य हो यो । मण्डला थिएटर, अनामनगरमा ११ माघबाट मञ्चन शुरु भएको नाटकले निम्न वर्गलाई उच्च वर्ग हेर्ने दृष्टिकोण प्रस्ट्याएको छ । नाटकको नेपालीकरण

बेड नम्बर ९९

Image
‘म आफ्नी आमाको अवैध सन्तान हुँ । यो भन्दैमा के फरक पर्छ र ? मेरी आमा वेश्या हो भन्दैमा के फरक पर्छ र बेड नं ९८ ?’ मानसिक अस्पतालको ९९ नम्बर बेडमा रहेको बिरामीले ९८ मा रहेको बिरामीलाई सोध्ने यो प्रश्न भने कुनै बिरामी प्रश्न होइन । यसले जस्तै कठोर मानिसलाई समेत हल्लाउने सामथ्र्य राख्छ । त्यसैले हमेशा शान्त देखिने ९८ नम्बरको बिरामी आक्रोशित हुन्छ, त्यसको प्रतिरोध गर्छ । आफ्नी आमालाई लगाइएको कुनै पनि आरोप ऊ सहन सक्दैन । तर, ऊ त्यस्तो बिरामी हो, जसले आफ्नी पत्नीलाई त्यस्तै प्रकृतिको आरोप लगाएको हुन्छ । आफ्नी पत्नीको चरित्रहीनताको शंकामा ऊ आफ्नो मानसिक सन्तुलनलाई बिगारिरहेको हुन्छ । तर, यस्तो बेलामा समेत आफ्नी आमाप्रति भने ऊ कुनै शंका गर्न सक्दैन । थिएटर मल, सुन्धारामा नाटक ‘बेड नम्बर ९९’ ले यस्ता दृश्यमार्फत् महिलालाई हेर्ने पुरुष दृष्टिकोण र मनोविज्ञानलाई उतारेको छ । नाटकको यही दृश्यबाट पुरुष सोचको पर्खाल भत्किन शुरु हुन्छ । त्यसअघि बेड नम्बर ९९ मा महिलालाई आरोप लगाएर पुरुष बोलिरहेको हुन्छ, ‘जुनसुकै किसिमबाट भए पनि तिमीहरू मेरो खराबी देखाउन चाहन्छौ ।’  पुरुषग्रन्थीको एकोहोरोपनबाट

'दीक्षान्त'मा दलित स्वर

Image
‘दाजी तमी क्यान ढिला आयौ ? तमीलाई हेर्ने बाको अन्तिम घिड्घिडो पनि अधुरै रहिगयो ।’ दुई दिनदेखि रोइरहेकी बहिनीको सुकेका गलाबाट निस्केको आवाजले बाबुको लासको छेउमा झोक्राइरहेको प्रकाश विश्वकर्माको मुटु अझ चर्किन्छ । लासको शिरपट्टी अस्तव्यस्त हालतमा रोइरहेकी आमाको रोदन अझ बढ्छ ।  बाबु बितेको दुई दिनपछि घर पुग्दा पनि लास उठेको हुँदैन । ऊ ढिला आइपुगेर होइन, अछुतको लास छुनुहुन्न भन्ने सामाजिक मान्यताले गर्दा । परम्परागत पेसा गरेर गाउँमा बस्ने दलित सकिइसकेका हुन्छन् । विष्टका घरेलु हतियारमा पाइन लगाउँदै र घरेलु ज्यावल बनाउदै जीवन अन्त्य गरेका रणबहादुरको लास उठाउने मान्छे हुँदैन । बहिनीले गाउँभरी अनुनय गर्दै हिँड्दा पनि कसैले लास उठाउन सहयोग पाउन नसकेको सुन्दा प्रकाशको मन पीडाले भरिन्छ र मस्तिष्कमा विद्रोहको बिजुली चम्किन्छ । त्यसैले ‘छाउ’ भएकी बहिनीलाई नै लास उठाउन सहयोग गर्न बोलाउँछ । शिल्पी थिएटर, बत्तीसपुतलीमा मञ्चन भइरहेको नाटक ‘दीक्षान्त’को दृश्य हो यो ।  नाटकले एक दलित युवकको कथा भन्छ । अभाव र विभेदको जाँतोमा पिसिएको सुदूरपश्चिमको गाउँबाट समानताको सपना देख्दै राजधानी आइपुगेको युव