Posts

Showing posts from November, 2017

मृत्युसाक्षी

Image
©  Kazuya Akimoto Art Museum एकैपटक मरेको होइन ऊ पटक–पटक, धेरैपटकमा बल्ल मरिसकेको हो तर, मरिसकेपछि पहिलो पटक थाहा पाउने व्यक्ति मै हुँ । पहिलोपटक मरेको थियो उसको हृदय जहाँ म बेरिएकी थिएँ कुनैबेला । उसको हृदयको चिसो लास आफ्नै हृदयको चिहानमा दफनाएर निस्किएकी थिएँ म त्यतिबेला अचिनारूका फूलमालाले भरिएको थियो उसको घाँटी । हृदयसँगै विस्तारै मर्यो उसको मस्तिष्क मैले पनि थाहा पाइनँ लामो समयसम्म थाहा पाउँदा फैलिसकेको थियो दुर्गन्ध त्यति बेलै हो मैले थाहा पाएको मष्तिस्कबाट निस्केको दुर्गन्ध निकै लामो–लामो समयसम्म निकै लामो–लामो दूरीसम्म फैलिँदोरहेछ सार्वजनिक चिहानमा गाडिसकेपछि मस्तिष्कको लास सोच्दै–सोच्दै लामो समयसम्म हिडिरहें ‘मस्तिष्क मर्नु खतरनाक रहेछ’ त्यतिबेला ऊ आफ्नै परिवार भेला गरेर भोज खाइरहेको थियो । यसरी नै मर्दै गएको थियो ऊ र, बल्ल मरिसकेको हो केहीबेरअघि । अघिसम्म भीडले घेरिएको थियो ऊ थिए त्यसमा उसलाई प्रेम गर्नेहरु रोइरहेका थिए अलाल्लिएर र, थिए घृणा गर्नेहरु पनि थिएनन् तिनका पनि आँखा ओभानो । तर भीडबाट टाढा मजस्तै नरूने झन् धेरै थिए कत

‘कतिले भने– पोर्न नाटक गर्न लागे’

Image
महिला रंगकर्मीहरूको समूह ‘मडलेनाज नेपाल’को अग्रसरतामा ‘भि डे’को सन्दर्भ पारेर मण्डला थिएटरमा तीन दिन अमेरिकी नाटककार इभ एन्सलरको नाटक ‘द भजाइना मोनोलग’को नेपाली संस्करण ‘योनीका कथाहरू’ मञ्चन भयो । त्यसैगरी अन्तराष्ट्रिय नारी दिवसको सन्दर्भमा रातो बंगला स्कुलमा पनि नाटक मञ्चन गरियो । नाटकले परम्परागत निषेधलाई तोड्दै महिला हिंसाको बहस अघि बढाएको चर्चा भइरहेको छ । तर यो नाटक गर्न सजिलो भने थिएन । कला अनुरागीसँग कुराकानी गर्दै कलाकार सिर्जना सुब्बाले नाटक गर्दाको चुनौति र अनुभवबारे यसो भनिन् : अमेरिकी नाटककार इभ एन्सलरको नाटक ‘द भजाइना मोनोलग’को नेपालीकरण हो– ‘योनीका कथाहरू’ । यो नाटक अर्कै नाममा पहिले पनि देखाइएको थियो भन्ने त सुनेकी हुँ । तर हेर्ने अवसर भने पाइनँ । एकैचोटी यसमा भूमिका निर्वाह नै गरियो । यो नाटकको पछिल्लो मञ्चनको कथा भने ‘मडलेनाज नेपाल’सँग जोडिएको छ । ‘जिआइजेड’मा थिएटर हेर्ने जिम्मा लिएकी जुलिया विगत एक वर्षदेखि मण्डला थिएटरमै छिन् । उनी ‘मडलेनाज’ भन्ने समूहसँग आबद्ध रहिछन् । उनीसँगको सहकार्यको क्रममा नेपालमा पनि रंगमञ्चमा सक्रिय महिलाहरूको समूह बनाउनुपर्छ भन्ने

‘पहिचानबारे भ्रम चिर्न पुरस्कार’

Image
नेपाली साहित्यमा दुई लाख रुपैयाँभन्दा बढी राशी भएको सीमित पुरस्कारमा यस बर्षदेखि ‘पहिचान पुरस्कार’ थपिएको छ । यो नेपाली साहित्यमा मुद्दालाई आधार बनाएर दिइनेगरी स्थापना भएको पहिलो पुरस्कार पनि हो । दुई लाख पाँच हजार राशीको यो पुरस्कार पहिलो पटक ‘फेरिँदो सौन्दर्य’ निबन्धकृतिका लागि राजन मुकारुङलाई प्रदान गरिँदैछ । राजधानीको मण्डला थिएटरमा आज (शनिबार) दिउँसो १ बजेपछि विशेष कार्यक्रमबीच प्रदान गर्न लागिएको पुरस्कारबारे पुरस्कार कोषका संस्थापकमध्येका एक, लेखक नरेश काङमाङ राईसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ - 🆀 यो कस्तो पुरस्कार हो ?  🅰  हरेक व्यक्तिको आफ्नै भाषा, धर्म, संस्कार र उद्गम थलो हुन्छ । त्यसैको आधारमा उसको पहिचान निर्माण भएको हुन्छ । त्यो उसको एकल पहिचान हो । तर फरक–फरक पहिचान भएका मानिस मिलेर समाज बनेको हुन्छ, राष्ट्र बनेको हुन्छ । एकअर्काको एकल पहिचानको संयोजनबाट बहुल पहिचानसहितको समाज निर्माण हुन्छ । एउटा पहिचान कमजोर भयो भने उसले समाजमा अपनत्व अनुभूत गर्दैन । त्यसैले लेखनको माध्यमबाट सबैको एकल पहिचानलाई स्थापित गर्ने स्रष्टालाई पुरस्कृत गर्न ‘पहिचान पुरस्कार’ स्