Posts

Showing posts from January, 2019

प्रियतमा सेरिज 1.0

Image
🎬 भिडियो हेर्नुहोस् 👆 2013 December 29 #प्रियतमा बन्द नहोस् तिम्रो मुस्कान, भोगिरहन चाहन्छु निरन्तर यो चरमआनन्द ! December 30 #प्रियतमा तिम्रो चुम्बनको सम्मानमा १० दिनसम्म मुख नधुने निर्णय गरेको छु । December 31 # प्रियतमा , मेरो ओठको क्यानभासमा तिम्रो ओठको कुचीले आज बनाएको आकृति जीवनको मूलढोकैमा टाँगेर राख्नेछु । 2014 January2 # प्रियतमा ले भर्खरै सन्देश पठाइन् – तिमीसँग बिताएका हरेक पलको माया लागेर आउँछ । उत्तर के लेखुँ ? January3 # प्रियतमा , नयाँ बर्षदेखि सबै लत छोड्छु भनेको त , तिम्रो मायाको के सारो तल लागेको ? January4 # प्रियतमा   को गाथमा आराम नहुँदा म कसरी निर्धक्क निदाउन सक्छु र ? January5 # प्रियतमा , तिमी बेखबर भएको पल म कति तड्पिन्छु , तिमीलाई थाहा छैन र ? January6 # प्रियतमा , यति सानो उकालोमै थाकें नभन न । तिमी र म यस्ता हजार उकाला उक्लिनु छ । पुग्नु छ शिखर र बनाउनु छ सारा शिखरलाई होचो । शिखरमा पनि त चल्नेछ हिमबतास । त्यति बेला एकातिरबाट एकातिर तिमीले छेक्नेछौ , अर्कोतिर म छेक्नेछु । त्यो शिखरमा निरन्तर उभिन सकेमात्रै

विवाहको लागि प्रेम आवश्यक - सुनिता दुलाल

Image
नेपाली संस्कृतिमा मंसिरलाई विबाहको सबैभन्दा उपयुक्त महिना मानिन्छ । सामान्यतः विबाहको उमेर भएका युवायुवतीप्रति यो महिनामा चासो बढ्नु स्वाभाविक हो । अझ उमेर पुगेका सेलिब्रेटीबारे त यो महिनाभर चर्चा भइ नै रहन्छ । मंसिर लाग्नेबित्तिकै इन्टरनेट अन्तरक्रियाको प्रचलित एप्स ‘भाइबर’को ‘पब्लिक च्याट’ मा उपलब्ध हुने पहिलो नेपाली सेलिब्रेटी बनेकी गायिका सुनिता दुलाल त्यस्तै चासोको केन्द्रमा छिन् । केही महिनाअघि नै आफूले उपयुक्त वर भेटिसकेको अभिव्यक्ति दिएकाले पनि यो मंसिरमा उनीबारे चासो स्वतः बढेको छ । यही चासोलाई केन्द्रमा राखेर कला अनुरागीले गरेको ‘मंसिर विशेष’ कुराकानीमा सुनिता यसरी प्रस्तुत भइन् : आउँदो शनिबार म सत्ताइस बर्ष पुग्छु । मलाई सम्झना छ, पहिलोचोटी ‘माग्न’ आउँदा म १७ बर्षकी थिएँ । हाम्रो परिवार काठमाडौं बस्न थालिसकेको थियो । एउटा परिवारबाट मलाई ‘माग्न’ आउने कुरा भएछ । मामाकी छोरीले माग्न आउने परिवार चिन्नुहुँदोरहेछ । उहाँमार्फत आमालाई कुरा आएको रहेछ । जब आमाले मलाई ‘माग्न’ आउन लागेको कुरा भन्नुभयो । म शितांग भएँ । मलाई त्यतिबेला नै आमाबाबाबाट टाढिएर त्यो घरमा गएको अनुभूति भयो

विवाहपहिले नै बच्चाको कल्पना- सिर्जना सुब्बा

Image
🎬 भिडियो हेर्नुहोस् 👆 मंसिरलाई विवाहको महिना मान्ने मानसिकता सम्पूर्ण नेपाली समाजमा छ । तर लिम्बूकोे जातिगत संस्कारमा त विवाह नहुने महिना हुँदैन । कार्तिक वा चैतमा पनि हुन्छ । लिम्बू समाजमा छोरी भएको परिवारलाई सम्मानित हुन्छ । छोरी हुर्किए पनि परिवारले केटाको खोजी गर्ने र कुरा चलाउने गर्दैन । त्यसो गर्नु लज्जाको बिषय मानिन्छ । दाइजोको पनि परिकल्पना हुँदैन । पहिले–पहिले त छोरीको परिवारले ‘मेरी छोरी माग्न आयौ, यति तोला सुन र यति पैसा देऊ’ भन्ने पनि चलन थियो । अहिले भने पहिले नै यतिभन्दा तल प्रस्ताव गर्दिनँ भन्ने तयारीसाथ केटा पक्ष जाने गर्छन् । विवाहमा पनि बेहुली पक्षको खर्च कम हुन्छ । पहिले बेहुला केही व्यक्ति लिएर जान्छ र बेहुली लिएर आउँछ । बेहुलीले भने लोकन्तीको रूपमा धेरै साथी बेहुलाको घर जान पाउँछे । फेरि फर्किएर आएर केटीको घरमा पनि विवाह गर्नुपर्ने हुन्छ । त्यसमा लाग्ने सामान र खर्चको निश्चित अंश केटा पक्षले व्यहोर्नुपर्ने हुन्छ । भागेरै विवाह गर्दा पनि खर्च त व्यहोर्नैपर्छ केटा पक्षले । अन्य जातसँग विवाह गरे पनि त्यो रीत पुर्याउनैपर्छ । यस हिसाबले लिम्बू संस्कारमा विवा

राजेशपायल राईलाई अनौठो प्रस्ताव - तपाइँको बच्च्चा जन्माएर हुर्काउँछु

Image
🎬 भिडियो हेर्नुहोस् 👆 मंसिर असाध्यै सुखद महिना लाग्छ मलाई । किसानले यही महिना घरमा धान भित्र्याउन पाउँछन् । विवाहको मौसम पनि हो । अविवाहितले जोडी भित्र्याउन पाउँछन् । वातावरण पनि सुन्दर हुन्छ । शुभचिन्तकले मेरो विवाहबारे आशा र चिन्ता व्यक्त गरिरहनुभएकाले मेरो लागि पनि यो महिना महत्वपूर्ण छ । बेहुलो हुने रहर खोटाङको गाउँले परिवेशमा हुर्किएँ म । त्यहाँ तीन प्रकारको विवाह देखेँ मैले । हुने खानेको बेहुलाबेहुली घोडामा हुन्थे । मध्यम स्तरले डोली हुन्थ्यो । त्यसभन्दा कम स्तरका हिँडेरै जान्थ्यो । तर बेहुलो भएपछि सबैले चस्मा र टोपी लाउँथे । त्यो बेला बेहुलो बन्न निकै रहर लाग्थ्यो । हाम्रो घरमा सेतो घोडा थियो । टक्क कालो चश्मा लगाएर सेतो घोडामा चढेर बेहुलीको घर जाने सपना ममा पनि थियो । उमेरसँगै त्यो सपना बिलाउँदै गयो । अहिले त सपना पनि संगीतकै देखिन्छ । त्यही सपना पूरा गर्ने बाटोमा हिँडिरहेछु । विवाह पनि गाउँमा हुन्छझैं लाग्दैन । सहरमै होला । जन्ती जानुको मज्जा विवाहको प्रसंगमा जन्ती जाँदाको सम्झना निकै यादगार छन् । धेरैजनाको जन्ती गइयो । तर, गाउँकै दाइ शुक्रको विवाहचाहिँ निकै सम्

मदिराको साथ प्रियतमा

Image
🎬 भिडियो हेर्नुहोस् 👆 भोलि अंग्रेजी नयाँ बर्ष सुरु हुँदै थियो । त्यसको अघिल्लो साँझ । साथीहरू न्यू इयर इभको तयारीमा थिए । उनीहरूको छट्पटाहट हेर्दा लाग्थ्यो, कतिबेला साँझ पर्ला भनेर कुरिरहेका छन् । म पनि उत्तिकै छट्पटाइरहेको थिएँ, तर कुनै साँझको पर्खाइमा होइन । म त जूनको पर्खाइमा थिएँ । त्यो पनि धर्तीको जून । मेरी प्रियतमाको । सहर बसेको तीन बर्ष भइसकेको थियो । उनी भने गाउँमै थिइन् । गाउँको प्लसटुमा पढ्दै थिइन् । यसपालीबाट उनको गाउँको पढाइयात्रा सकिएको थियो । त्यसैले गाउँ गएको बेला उनीलाई भनेको थिएँ– अब काठमाडौंमा सँगै बस्ने गरी आए भइहाल्यो नि । उनी लाजले रातो भएकी थिइन् र मलाई त्यो लाजको लाली खुप मन परेको थियो । उनले हुन्छ या हुन्न केही भनिनन् त्यतिबेला । यत्ति भनेकी थिइन्– घरमा सल्लाह गर्नुपर्छ । उनी मेरी सानैदेखिको सहेली । तर उनको र मेरो बोलचाल हुन थालेको धेरै भएको थिएन । तर जति पनि बोलेको सम्झना छ, ती काफी छन् । भेटका फेहरिस्त त झन् अचम्म हुने खालका छन् । जस्तो कि, तिहारमा आयोजना गरेको देउसीभैलो कार्यक्रममा मैले भनेपछि उनी रातभरि नाचिदिइन् । सबैजना छक्क परे । अनि, ह

प्रचण्डलाई प्रेमपत्र

Image
🎬 भिडियो हेर्नुहोस् 👆 प्रिय प्रचण्ड, तिमीले सिकाएकै रातो अभिवादन ! यतिबेला मलाई तिमीसँग पहिलो पटक हात मिलाएको गहिरो याद आइरहेको छ । मेरा मसिना हातलाई तिमीले यसरी पक्रेका थियौ कि मैले मेरो नौनाडीमै झड्का महसुस गरेकी थिएँ । तिमी आफ्नो सम्पूर्ण बल हातमै बोकेर हिँड्छौ, मलाई त्यतिबेला त्यस्तै लागेको थियो ।  तिम्रा हात पनि मुलायम थिएनन् । ती हात मेरा बाका जस्तै खस्रा त थिएनन् । तर तिमी मेरा बाभन्दा धेरै सौखिन खानदानका थिएनौ भन्ने संकेत तिम्रा हातले दिन्थे । तिम्रो दाह्रीले तिमीलाई निकै चिन्तनशील देखाएको थियो, अनि तिम्रा आँखाहरू निकै गम्भीर थिए । तिमीलाई देख्दा लागेको थियो, कृषि विज्ञान पढेका तिमी मेरा बाजस्तै किसानका लागि जन्मिएका देवदूत हौ । जसले सदियौंदेखिको दुःखको जरो पत्ता लगाएर त्यसलाई निमिट्यान्न पार्न धर्तीमा आएका हौ । तिम्रा चम्किरहेका आँखा हेरेर म निकै रोमाञ्चित भएकी थिएँ । निश्चय पनि मलाई तिम्रो प्रेममा पर्नका लागि यति नै काफी थिए त्यतिबेला ।  म तिमीलाई त्यतिबेलै प्रेमपत्र दिन चाहन्थेँ । तर मैले तिम्रो आँखामा मप्रति पनि उत्तिकै प्रेम देखेँ । शायद, प्रेमक