Posts

Showing posts from July, 2021

नेपाल ओरियण्ड म्याग्नेसाइट: स्वार्थको सिकार

Image
- कला अनुरागी 🔹 नेपाल ओरियण्ड म्याग्नेसाइट प्राइभेट लिमिटेड नेपालको एकमात्र म्याग्नेसाइट कम्पनी हो । आजभन्दा करिव तीन दशक अघि स्थापना भएको यो उद्योग सिन्धुपाल्चोक जिल्लाको सिम्ले, लामोसाँघुमा रहेको छ भने यसको खानी क्षेत्र हो दोलखा जिल्लाको लाँकुरीडाँडा गाविसको खरीढुंगा भन्ने स्थानमा छ । हाल नेपाल सरकारको ७५, खेतान समूहको १२.५ र उडिसा इन्डष्ट्रिज, भारतको १२.५ प्रतिशत लगानी रहेका यस उद्योगमा हालसम्म करिव ५६ करोड खर्च भइसकेको छ भने त्यसको हालसम्मको व्याजसहित जोड्ने हो भने १ अरब भन्दाबढी भइसकेको छ । अहिले विश्व बजारमा म्याग्नेसाइट उद्योगबाट उत्पादन हुने डेड बन्र्ट म्याग्नेसाइटको माग उच्च रहेको छ । तर त्यत्रो लगानी भएको नेपालको एकमात्र उद्योग भने २०४९ मंसिरदेखि पूर्ण रुपमा बन्द छ । प्रस्तुत छ यस उद्योगको बारेमा एक रिपोर्ट । नेपालको एकमात्र म्याग्नेसाइट उद्योग जनकपुर अञ्चल, दोलखा नगरपालिका, लाँकुरीडाँडा गाविसको खरीढुंगा भन्ने स्थानमा पहिलेदेखि नै खरी पाइन्थ्यो । खरी पाइने भएकोले नै त्यस ठाउँको नाम खरीढुंगा रहेका स्थानीयहरु बताउँछन् । तर त्यस ठाउँमा पाइने अलि फरक खालको ढुंगाचाहि के हो भन्