Posts

'राज्यले दार्जिलिङलाई आफ्नै ठान्छ, मिथिलालाई पराइ'

Image
मधेसी जमिन्दार नै छैनन् ‘मधेस आन्दोलन त्यहाँका जमिन्दारले चलाएको हो !’ मधेस आन्दोलनले सय दिन पार गरिसक्दा पनि काठमाडौंका चिया पसलमा यस्तो बहस हुन छाडेको छैन । मधेस आन्दोलनको विरोध गर्ने नाउँमा गरिएको यो तर्क मलाई एकदम गलत छ । मधेसमै जन्मे हुर्केर त्यहीँ कलासाधनामा लामो समय बिताउँदा मैले देखेको सत्य हो– मधेसका ठूला जमिन्दार मधेसी छैनन् । त्यहाँका जमिन्दारमा बढीजसो राणा, ठकुरी र उपाध्याय छन् । जसलाई राजा महेन्द्रले जमिन दिएर मधेस पठाएका थिए ।  मेरो जन्मजिल्ला धनुषामा एकजना पन्त छन्, उनको १५ सय विघाहा जग्गा छ । त्यहाँ ०४६ सालको आन्दोलनका शिखर व्यक्तित्व गणेशमान सिंहको जग्गा सयौं विघाहा छ । त्यहाँको जमिन्दार भएकै कारण उहाँको नाउँमा एउटा नगरपालिकाको नामाकरण गरिएको छ । आन्दोलनमा गरेको योगदानका आधारमा त्यो नामाकरण भएको होइन । त्यसो हुन्थ्यो भने काठमाडौं महानगरपालिकालाई उहाँको नाम दिइन्थ्यो होला ।   उहाँमात्रै होइन, मिनेन्द्र रिजालदेखि हेमबहादुर मल्लसम्मको नाम मधेसका जमिन्दारको रूपमा आउँछ । त्यसैले मधेसका खास जमिन्दार पहाडी मूलकै छन् । केही मधेसीसँग अलि बढी जग्गा होला । केहीले आफूलाई सामन्त, …

आक्रामक आस्था

Image
तीसको दशकको मध्यतिर रेडियो नेपालमा एउटा गीत रेकर्ड भयो । बोल थियो– सालको पात टपरी गाँसेर...। रचना–संगीत राजु सिलवालको । श्वर उमा गुरुङले दिएकी थिइन् । गीत गाउँदा गुरुङ नौ बर्षकी मात्रै थिइन् । गीतले उनलाई सानै उमेरमा चर्चा दिलायो । भलै उनले गायनलाई निरन्तरता दिन सकिनन् । त्यसैले पछिल्लो पुस्ताका संगीतप्रेमीलाई उनको नाम थाहा छैन । तर त्यही गीतको ‘रिमिक्स भर्सन’ गाउने आस्था राउत पछिल्लो पुस्तालाई कण्ठस्थ छ ।  तीन दशकभन्दा अघि रेकर्ड भएको गीतको ‘रिमिक्स’ गाएर आस्था साठीको दशकको मध्यतिर चर्चामा आइन् । उनको उमेर पनि धेरै भएको थिएन त्यतिबेला । ११ कक्षा सक्दै थिइन् । उनको ‘हस्की’ स्वरलाई संगीतप्रेमीले रुचाए । गीत ‘हिट’ बनाउन भिडियो अनिवार्य बनिरहेको समयमा उनको स्वर विनाभिडियो ‘भाइरल’ भयो । त्यसपछि आस्था राउत संगीतबजारमा ‘हिट’ श्वरको सूचीभित्र परिनै रहेकी छिन् । हालसम्म केही रिमिक्स, केही फिल्मी र एउटा एलबम गरी उनले पुगनपुग तीन दर्जन गीत गाएकी छिन् । तर उनका गीतबारे किस्सा बन्न थालिसकेका छन् । भनिन्छ– सार्वजनिक यातायातमा यात्रा गर्ने काठमाडौको कुनै व्यक्तिले दिनमा एकपटक आस्थाको गीत सुनेकै हु…

खतरनाक टाउको

Image
यो त्यही टाउको हो
हिजोसम्म बोकि हिँडेको
तिम्रो प्रशंसाको भारी ।

यसमा लहलहाएको घना कपाल
खुप मन पथ्र्यो तिमीलाई
यसैभित्र सहलाउँथे तिम्रा औंला
खोजिरहन्थे असीम आनन्द
र, लाग्थ्यो
तिमीलाई सियाँल दिन नै उम्रिएको रहेछ ।

यसैमा समेटिएको
जोर आँखामा ऐना हेरेर
तिमी काव्य नै लेखिदिन्थ्यौ
र, लाग्थ्यो
यिनको काम हो
झुक्दै–लजाउँदै हेर्नु तिमीलाई ।

ओठ र यसमा फैलिने मुस्कान अहा !
तिमी भन्थ्यौ–
‘मदिराको मात के कामको छ र
यिनका अगाडि’
र, लाग्थ्यो
गुलाबी गलैंचा हुन् यी
मुस्कान छरेर ओछिइरहनुपर्छ तिम्रो लागि ।

प्रशंसाको भेलले
नाकलाई पनि छोइजान्थ्यो
मलाई भ्रम हुन्थ्यो
नाकले नै मलाई म बनाएको हो
र, लाग्थ्यो
तिम्रो उपस्थितिको सुवास जाँच्नुबाहेक
कामै पो के छ र यसको ?

दुई कान, यिनका लोती ओहो !
कम प्रशंसा पाएनन्
यिनका आकार र रंगले पनि
र, लाग्थ्यो
सुन्नु हो यिनको काम
फगत् सुन्नु तिमीलाई ।

तर, जब थाल्यो
यो टाउकोभित्रको मस्तिष्कले काम गर्न
सब गडबड भयो गडबड !

जुरोमा समेटियो कपाल
आँखा मानेनन् झुक्न र लजाउनमात्र
सिधा हेर्न थाले तिम्रा आँखामा
थर्थराए ओठ
चनाखा भए कान
फैलियो नाकको पोरा
कानले सुनेनन्मात्र
अर्थको पोल लगाइदिए म…

सडकमा कविता–सौन्दर्य

Image
०६२/६३ को जनआन्दोलनमा जनतासँगै कवि सडकमा उत्रिएका थिए । कवि श्रवण मुकारुङको चर्चा चुलीमा थियो । अर्जुन पराजुली ‘सेलिब्रेटी’ कवि थिए । कवि मणी काफ्लेलाई चोक–चोकमा खोजिन्थ्यो । अहिले त्यही जनआन्दोलनले निर्माण गरेको राजनीतिक समीकरणको परिणामस्वरुप बनेको संविधानसभामार्फत संविधान निर्माण कार्य अन्तिम चरणमा छ । तर जुन समतामूलक राज्यको सपना बोकेर जनता सडकमा उर्लिएका थिए, कवि सडकमा उत्रिएका थिए, बन्न लागेको संविधानले त्यो पूरा छाँट देखिएको छैन । त्यसैले जनता आन्दोलित छन् । हिजो सँगै हिडेका कविहरु भने आज सडकमा देखिएका छैनन् ।  हिजो आन्दोलनमा जनतासँगै उभिने कविका आफ्नै दुःख देखियो । त्यही दुःखले उनीहरुलाई शायद जनतासँगै आन्दोलित भइरहन सक्ने कवि रहिरहन दिएन । त्यतिबेला ‘साझा कवि’ बनेर ‘बिसे नगर्चीको बयान’ सुनाउँदै हिडेका श्रवणलाई प्राज्ञ बन्न नेपाली कांग्रेसको झण्डा बोकी हिड्नुपर्यो । अर्जुन पराजुलीलाई ‘भूँडीपुराण’ सम्हाल्दै फुर्सद भएन, मिडिया पनि गाईजात्रामा मात्रै खोज्छ उनलाई । मणी काफ्ले कृषिप्रधान देशमा कृषिकै कविता लेखिबसेका छन् । आन्दोलनमा सक्रिय अरु कविका दुःख पनि यस्तै–उस्तै हुँदा हुन्÷छन…

पठन संस्कृतिबारे प्रकाश सायमी

Image
प्रकाश सायमी साहित्यका कविता, निबन्धलगायत बहुविधामा सुपरिचित सायमी चलचित्र निर्देशनमा स्थापित नाम हो । संगीत अन्वेषक सायमी राम्रा अध्येताका रुपमा पनि चिनिन्छन् । उनी पठन संस्कृतिबारे यसो भन्छन्-
१.  नेपालमा पाठकले सही पुस्तक सही अर्थमा पढ्न पाएका छैनन् । राम्रा किताब प्रकाशक सही नहुदा राम्ररी बजारमा जान सकेको छैन । लेखक भन्दा पनि प्रकाशक बढी हाबी भएको कारण प्रकाशक बलियो भयो भने जस्तो लेख्दा पनि राम्रो हुन्छ भन्ने सोच प्रबल भएर आइरहेको छ । बाहिरतिर लेखकले प्रकाशन छान्न पाउँछ । म यसलाई बेच्छु, यसलाई बेच्दिनँ भन्न पाइन्छ । तर यहाँ चलेकै लेखक भएता पनि यसलाई दिन्न भन्न सक्दैन । लेखकले किताब लेखेर मात्र हुँदैन, मार्केटिङ गर्न पनि जान्नै पर्ने स्थिति छ ।  नेपालमा पाठकको पुस्तक छान्ने शैली पनि पुरातन खालको छ । समीक्षा हेरेर, जुन  किताबको थुप्रो छ, जुन किताबका पोस्टर ठुलो छ या जुन किताबमा पुस्कारका ट्यागहरु थुप्रो छ त्यो हेरे किताब किनेर पढ्ने चलन छ । पुरस्कार पाएका किताबहरु अब्बल हुन् भन्ने सोचेर पढ्छन् । बिक्रि धेरै हुने किताब किनेर पढ्छन् । पछि किताब सोचेजस्तो नपाएपछि साहित्यबाटै विकर्षित हु…

कविताको कथा

Image
दिनेश अधिकारी नेपाली कविता र गित लेखन क्षेत्रमा स्थापित नाम हो । तीसको दशकको सुरुवातदेखि नै कविता र गीत लेखनमा सक्रिय अधिकारीका दर्जनौं कृति सार्वजनिक छन् । उनको कविता ‘हर्कबहादुर’ कक्षा ११ को अनिवार्य नेपालीको पाठ्यक्रममा समावेश छ । उनी आफ्नो कविताको कथा यसरी बताउँछन्- 
यो कविता २०३८ साल असोज १६ गते सर्लाहीको हरिऔनमा लेखेको हुँ । नेपाली साहित्यमा धेरैलाई स्थापित गर्न भूमिका खेलेको त्यति बेलाको चर्चित पत्रिका ‘रुपरेखा’ले २०३८ चैत, पूर्णांक २५१ मा छापेको थियो । साझा प्रकाशनले ‘धर्तीको गीत’ नामको मेरो दोस्रो कविता संग्रहमा पहिलो कविताको रुपमा यो संग्रहित छ । त्यसअघि मेरो ‘अन्तरका छिटाहरु’ कविता संग्रह ०३७ बैशाखमा छापिएको थियो । ‘धर्तीको गित’चाहिं ०४४ मा छापियो ।  यो कविता लेख्दा मेरो उमेर २२ बर्ष थियो । काठमाडौमा बिएल पढ्दै थिएँ । छुट्टीको बेलामा घर गएको थिएँ । त्यहाँ एउटा पात्र देखेँ, जो कसैको बारीमा कटेरो बनाएर बसेको छ । परिआएको काम गर्छ र ज्याला लिन्छ । कहिले दाउरा बोक्न जान्छ । कहिले आली तास्न जान्छ । कहिले हलो जोत्न जान्छ । उसलाई माध्यम बनाएर मैले मानवताको पक्षमा कवितामा लेखेको हुँ…

'कवितादेखि तर्साइएको छ'

Image
दुई दशकदेखि कविता लेखनमा निरन्तर सक्रिय कवि हरिहर तिमिल्सिनाको पहिलो कविता संग्रह ‘गाउँ हराएको साँझ’ साउनको पहिलो साता ठमेलको ‘होलि हिमालय’ होटलमा सार्वजनिक गरियो । गीत र रेडियो नाटकमा समेत कलम चलाइरहेका तिमिल्सिनासँग कविता कृतिको सेरोफेरोमा  कुराकानी गरिएको छ -
🆀  ४४ बर्षको उमेरमा पहिलो कविता संग्रह निकाल्नुभयो । एउटा कविले कृति सार्वजनिक गर्ने उमेर हुँदैन है ? 
➲ मैले आजभोलि जीवनलाई भिन्नै ढंगले हेर्न थालेको छु । खासै उमेरले लेख्नेजस्तो मलाई लाग्दैन । पछि लेखिएका कुरा, ६० बर्ष पूरा भएपछि नयाँ जीवन सुरु हुन्छ भन्ने कुराबाट प्रभावित छु । उमेरले छेक्दैन ।

🆀  ‘गाउँ हराएको साँझ’को कविता संग्रह नै गाउँ हराएको ठमेलमा विमोचन भयो । यसको काव्यिक अर्थ छ ? 
➲ वास्तवमा, ठमेलमा गरिएको विमोचन नै गाउँ हराउनुको प्रमाण हो । पहिलो ठमेल पनि गाउँ नै थियो । अहिले हरायो । ठमेल पछिल्लो सहरको प्रतीक बन्यो । वास्तवमा त्यसरी नै गाउँहरु हराइरहेका छन् । म भक्तपुरमा जन्मेको मान्छे । कमलविनायक त जंगल र झाडीले डर नै लाग्ने थियो । बानेश्वर पनि खाली फाँट थियो । बागमतीमा मैले पौडी खेलेको छु । तर गाउँ हराइसक्यो अब ।