Posts

Showing posts from July, 2015

कुकुरदेखि सावधान !

Image
कमरेड पनि आजकाल कुकुर पाल्न थाल्नुभएको छ । आफूले खाने प्लेटमा कुकुरले चाटीचुटी पारेर खाएको देख्दा मातृवात्सल्य उम्लिएर आउँछ कमरेड पत्नीको हृदयमा र , आवेगमा च्वाप्प म्वाइ खानुहुन्छ खुवाइदिनुहुन्छ नुहाइदिनुहुन्छ खुप स्याहार गर्नुहुन्छ । बरु , कमरेडपत्नीलाई दिक्क लाग्न थालेको छ आजकाल घरमा आइरहने मान्छेदेखि भन्नुहुन्छ व्यंग्य गरेर पतिलाई ' कति आउँछन् हो तपाईका प्या sss रा मान्छेहरु ! कहिल्यै शान्तिले बस्न पाइँदैन । ' कमरेडकी छोरी पनि असाध्यै प्रेम गर्न थाल्नुभएको छ कुकुरलाई आजकाल बढ्दै गएकी छोरीले कुकुरलाई प्रेमपूर्वक मुसारेको देख्दा कमरेड लामो सास तान्नुहुन्छ र , मनमनै बात मार्नुहुन्छ ' छोरी ! निर्धनसँगको संगतभन्दा धेरै सजिलो छ जनावरसँगको प्रेम ! ' कमरेडको छोरो बिहानै उठेर कुकुरलाई डो - याउँदै , सार्वजनिक स्थलमा सौच गराउँदै जब ' मर्निङवाक ' जानुहुन्छ कमरेड आनन्दले मुस्कुराउनुहुन्छ र , मनमनै बात मार्नुहुन्छ ' छोरा ! खोला किनाराका सुकुम्बासी बस्ती प्रेम गर्न होइन सौच गर्नमात्रै योग्य

यसपालीको असारमा

Image
रोपाहारहरू भन्छन्– ‘यसपालीको असारमा रोप्दैनौं हामी पुरानो धानको बीउ र, ओढ्दैनौं हामी पुरानो घुम । ’ ‘पुरानो धानको बीउ– जिन्दगीकै मल हालेर रगत र पसिनाकै कुलो लगाउँदा पनि सप्रियो गाँज मात्रैे तर दिएन कहिल्यै फल र, जति नै मोटाए पनि गाँज जता बह्यो दक्षिणी हावा त्यत्तैतिर लडिरह्यो सोत्तर भएर ।’ ‘पुरानो धानको बीउ– हल्कियो बोटमात्रै ओग भएर र, यसको ओगले सप्रन सकेन आलीमा रोपेको सुखको मास आलीमा रोपेको खुशीको भटमास तर सँधैं सप्रिरह्यो आँसुको काँस र दु:खको बेमौसमी घाँस ।’ ‘पुरानो धानको बीउ रोप्दा जति नै गोडे पनि गह्रा–गह्रामा हल्किरह्यो मल्लिँडहरू उम्रिरह्यो गाँज–गाँजमा सामा र, पुरानो धान रमाईरह्यो सामाकै छहारीमा ।’ तर यसबेला पनि दिईरहेको छैनन् कथित् छिमेकीहरुले निकै मेहनत गरेर उत्पादन गरेको नयाँ धानको बिउ राख्न र, बियाडमा उमार्न खोजिदैछ तिनकै तजवीजमा पटक–पटक फल विनाको नलमात्रै भएको त्यही पुरानो धानको बीउ र त रोपाहारहरु भन्छन्– ‘हामी त यसपाली पुरानो धानको बीउ रोप्नुको सट्टा भैंसी चराउने विचारमा छौं पुरानो बियाडमा ।’ आज उभिईरहेछ यो मौसम पनि पुरानो धान

गाउन बाँकी गीत

Image
गाइसकेपछि पनि हज्जारौं गीतहरु अझै गाउन बाँकी नै छ यो समयको नयाँ गीत । छोडेनौं हामीले गाउन आफ्नै रगतका खोलाहरु सुसाउँदा पनि झन् त्यसैलाई संगीत बनायौं रोकेनौं हामीले गीत आफैंले खनेको माटोमा आफैं रोपिनुपर्ने चित्कारमा पनि बरु त्यसैलाई सरगम बनायौं । अहँ हामीले रोकेनौं गीतहरु मादलहरु खोसिंदा या जिउँदै गाडिदा गायकको शरीर । यसबेला यो उपल्लो चौतारोबाट झुम्म बस्ती देखिए पनि र, अझै घुर्मैलो छ समय घुर्मैलोपछि रात पर्छ कि बिहान हुन्छ ठेगान छैन अझै त्यसैले रोक्नुहुँदैन अझै गीत । यत्ति हो कि गाएर पनि हज्जारौं गीत अझै गाउनै बाँकी छ यो समयको नयाँ गीत अर्थात मुक्तिको गीत । ܀܀܀ ✍  कला अनुरागी साभार: कलम

लालीको डाम

Image
काsssली देखिन्थ्यौ तिमी कालो बादलजस्तै र, धेरैले मन पराउँदैनथे तिमीलाई । मैले भने तिमीमै देखें बर्षिने सम्भावना पहाड भएर गरें श्पर्श चम्कियो बिजुली बर्षियौ तिमी त्यति नै बेला बसेको हो मेरो गालामा तिम्रो ओठको निख्खुर रातो लालीको डाम । बर्षापछि खुल्यो आकाश चम्कियो सुनौलो सूर्य बिस्तारै तिमी गोsssरी भयौ सफेद बादलजस्तै र, उडि गयौ टाढा–टाढा । तिनैले पो मन पराउन थाले तिमीलाई जसले पहिले खोइरो खन्थे । सेतोबादलजस्तै तिमी पनि कहिले पुग्यौ आकासको काखमा कहिले बेरियौ हिमालको अँगालोमा कहिले कता कहिले कता खुप बरालियौ र, भुल्यौ मलाई भुसुक्कै । म भने गोडमेलमै व्यस्त छु हामीले रोपेका सपनाको उस्तै छ तिम्रो लालीको डाम मेरो गालामा र, उसैगरी बिजुली पर्खिरहेको छ मौसम । ܀܀܀ ✍  कला अनुरागी साभार: कलाश्री

मुरली केटोको कथा

Image
भाग १ : मुरली केटो वितृष्णाले विद्रोह जन्मायो । नत्र त बिहेबटुलोमा सहनाई बजाइरहेको हुन्थे होला यतिवेला उनी । उही छोइछिटो , हेलाहोचो । उही कुल्चाई मिचाई । किताबमा हटेर भो र जातीय भेदभाव , व्यवहारमा कहाँ हटेको छ र ! अमिलो मन पारेर सम्झन्छन् उनी , ‘ बुबाको पछि लागेर विवाहमा गएको थिएँ । नाच्ने निहुँमा जन्तीले कुल्चेको कुल्च्यै गर्न थाले । असाध्यै रोएँ । तर , घरको सम्झनाले रोयो भन्ठाने सबैले । त्यसपछि मन त कति रोयो – रोयो । त्यसले वितृष्णा जन्मायो मलाई पुख्र्यौली पेसाप्रति । त्यसपछि कहिल्यै गइनँ बाजा बजाउन । ’ त्यसो त उनी बाजासँगै हुन्छन् अहिले पनि । तर , किबोर्डजस्ता आधुनिक बाजा । ती बाजामाथि उनको औँला कम चल्छ , दिल – दिमाग बढी । त्यहीबाट पैदा गरेको धुनले दिन्छ उनको परिचय । ‘ तिमी विनाको जीवन …’ जस्ता गीतका संगीतकार आशिष अविरल   । ००० बागलुङ मल्म गाविसको परियार टोलमा हुर्किएको ठिटो उनी । गाउँघरतिर गाउन – बजाउन नाम चलेका उनका बुबा । सांस्कृतिक पर्वमा बाजा बजाउने र लुगा सिलाउने पेसा । उनी भने दुइटै पेसामा छैनन् । तर , पनि कतै न कतै सम्बन्ध छ , पुख्र्यौली पेसासँग उनको अहिलेको पर

दमिनी भीर लेख्दाका दश कुरा

Image
राजन मुकारुङ ।  पछिल्लो समय चर्चामा रहेको उपन्यास ‘दमिनीभीर’ का लेखक । उनलाई भेटियो , कोटेश्वर सेतीओपीमार्गको चियापसलमा । उनीसँगै मुस्कुराउँदै हात मिलाए एक युवकले । परिचयपछि थाहा भयो , ती युवक मुकारुङले लेख्न लागेको नयाँ उपन्यासका पात्र रहेछन् । जनयुद्धमा प्रत्यक्ष सहभागी ती पात्रसहितको कथामा उनी अयोग्य लडाकुबारे उपन्यास लेख्ने तयारीमा रहेछन् । यसरी पात्रसँगै हिँडिरहेका मुकारुङले सविस्तार सुनाए ‘ दमिनी भीर ’ लेख्दाका दश कुरा । १. पात्रको बोलीबाट वाक्य – संरचना मुकारुङ भन्छन् , ‘ वास्तविक पात्र नै धेरै छन् उपन्यासमा । ’ त्यसैमध्येका आफ्नै छिमेकी ‘ लच्छी ’ र उनलाई प्रेम गर्ने ‘ धौले कान्छा ’ लाई भेट्न गाउँ पुगे । (यसैबीचमा उनले बताए कि अहिले उनीहरूबीच विवाह भइसकेको छ) उनीहरूसँग कुरा गरे । उनले बाझाबाझ गर्दाको (उपन्यासमा लच्छी र धौले कान्छा सडक खन्ने वेला अक्सर बाझाबाझ गर्छन्) वाक्य लच्छीलाई पटक – पटक भन्न लगाए । ‘ उनले लामो वाक्यमा पनि बोलिन् । मध्यममा पनि बोलिन् । जब छोटो वाक्य बोलिन् । त्योचाहिँ साह्रै मीठो र ‘ टच्ची ’ लाग्यो । सट्ट लेखेँ । सुन्दर लाग्यो । अनि