Posts

Showing posts from October, 2017

‘नाटक त गर्छौ, तर कामचाहिँ के गर्छौ भाइ ?’

Image
‘जीवन र अभिनयको सम्बन्ध कस्तो रहेछ ?’ रंगकर्मी विजय बराललाई मैले सोधेथेँ । उनको उत्तर थियो, उनलाई लाग्छ, ‘अभिनय जीवनजस्तै हुँदोरहेछ । त्यसैले कतिलाई त पागलझैं लाग्दोहोला हामी । त्यत्तिकै हाँसिरहेका हुन्छन्, त्यत्तिकै रोइरहेका हुन्छन् भन्दा हुन् ।’ वास्तवमै अहिले उनी त्यही अवस्थामा छन् । उनलाई सिजोफ्रेनिया भएको छ । मानसिक असन्तुलनको उपचार गराइरहेका छन् । तर वास्तविक जीवनमा चाहिँ होइन, नाटकमै । फागुन ७ गतेबाट मण्डला थिएटरमा मञ्चन सुरु भएको नाटक ‘बिल गेट्स पण्डित’मा उनी नाटक र जीवनका सन्तुलन मिलाउन नसकेर ‘सिजोफ्रेनिया’को सिकार भएको व्यक्तिको भूमिकामा छन् ।  नाटकबाट मण्डलाका प्रतिभा सुलक्षण भारतीले निर्देशनमा ‘डेब्यू’ गरेका छन् । लेखेका पनि उनैले हुन् । नाटक लेख्दा विजयको प्रतिभा, चरित्र, क्षमता र सपनालाई ध्यान दिएका छन् । त्यसैले नाटक हेर्दा लाग्छ, सुलक्षणले विजयकै लागि नाटक लेखेका हुन् । तथापि नाटकले सार्वभौम अर्थ दिन्छ, आफ्नो जीवन दर्शनसँग सम्झौता नगरीकन बाँच्न चाहने हरेक व्यक्तिले नाटकमा आफूलाई पाउँछन् । नाटकको ‘कन्टेन्ट’ अतिदार्शनिक र बृहत लाग्दैन । दैनिक जीवनका मसिना घटना

‘नेपालमा कसलाई कम्युनिष्ट देख्नुभएको छ ?’

Image
चार दशकदेखि लेखनका क्रियाशील रेशम विरहीको पहिलो निबन्ध संग्रह ‘देब्रे आँखा’ शिखा बुक्सले प्रकाशित गरेको छ । त्यसो त उनको कवि, पत्रकार र राजनीतिक अभियन्ताको छवि पनि छ । यसअघि नै उनको चार कविता संग्रह प्रकाशित भइसकेको छ । प्रस्तुत छ निबन्ध संग्रह वरिपरि रहेर उनीसँग गरेको बातचित-   🆀 लेख्न थालेको चार दशकपछि तपाईंको पहिलो निबन्ध कृति प्रकाशित भएको छ । चार दशक भनेका चानचुन समय होइन । किन यति लामो समय पर्खाउनुभएको पाठकलाई ?  ➲ म फाट्टफुट्ट निबन्ध लेखेर साहित्यिक पत्रिकाहरूमा प्रकाशन गर्ने कार्यमा त क्रियाशील नै थिएँ । लेखिरहेको थिएँ, छापिरहेको थिएँ, पाठकहरूले पढिरहेका थिए । तर, पुस्तकको रूपमा ल्याउन किन हो किन प्रकाशकले पत्याएनन् । यसपाली पत्याए, प्रकाशित गरिदिए । मैले अब पाठकहरूसँग कसरी आफ्नो स्पष्टीकरण दिऊँ । 🆀 कृतिमै समेटिएको एउटा निबन्धबाट फुत्त नाम झिकेर किताबको नाम राख्ने सजिलो ‘काइदा’ पछ्याउनुभएन । र, कृतिको नाम राख्नुभयो ‘देब्रे आँखा’ । यही नाम रहनुको कथा भनिदिनुस् न ।  नाम रहनुको कुनै कथा छैन । आस्थाको दंश र त्यसले गरेको वैचारिक ध्वंसको जगबाट नाम उत्खनन गरेको हुँ । 

‘प्रेममा जब स्वार्थ छिर्छ, तब कारोबारमा बदलिन्छ’

Image
नर्वेजियन नाटककार हेनरिक इब्सेन (सन् १८२८–१९०६)  नेपाली साहित्य र रंगमञ्चका लागि परिचित नाम हो । अंग्रेजी साहित्यका विद्यार्थीले उनलाई पाठ्यक्रममै पढेका हुन्छन् भने उनका नाटक पुतलीको घर (अ डल्स हाउस), महान शिल्पी (मास्टर बिल्डर्स) र हेड्डा ग्याब्लर काठमाडौंको थिएटरमा मञ्चन भइसकेका छन् । २८ माघदेखि उनकै नाटक ‘पिलर्स अफ सोसाइटी’को नेपाली रूपान्तरण ‘समाजका नाइके’ शिल्पी थिएटरको गोठाले नाटकघरमा मञ्चन भइरहेको छ । इब्सेनको सिर्जन–जीवनमा ‘पिलर्स अफ सोसाइटी’ निकै महत्वपूर्ण रह्यो । सन् १९७७ मा यो नाटक लेख्दा उनले १४ नाटक लेखिसकेका थिए । ती सबै पद्य संरचनामा थिए र कुनैले पनि अपेक्षित चर्चा वा सफलता प्राप्त गर्न सकेका थिएनन् । झण्डै दुई बर्षको अवधिमा निकै पटक पुनर्लेखन गरेको यो नाटक भने ले गद्य संरचनामा लेखेका थिए । सामायिक यथार्थलाई चित्रण गरेर लेखिएको यो नाटकबाट उनको सफलताको ढोका खुलेको थियो । नाटक लेख्दा उनी जर्मनीमा थिए । सन् १८७७ को १४ नोभेम्बरमा ((शिल्पीले वितरण गरेको नाटकको ब्रोसरमा भने सन् १९६८ मा भनिएको छ । तर सन्दर्भस्रोतहरूमा सन् १९७७ भनिएको छ) यो नाटक पहिलोपटक डेनमार्कको ओडेन्स

'२०८८ सम्ममात्रै सक्रिय राजनीतिमा रहन्छु'

Image
गगन थापा, नेता, नेपाली कांग्रेस नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनदेखि चौधौं महाधिवेशनको अवधि भनेको चार बर्ष हो, ०७८ सालसम्म । यस अवधिका लागि हामी कांग्रेसको नेतृत्व छान्दैछौं र मार्गदर्शन गर्ने नीति पनि तय गर्दैछौं । यस सन्दर्भमा ०७८ सालसम्म हामी नेपाल कहाँ पुगेको देख्न चाहन्छौं भन्ने मुख्य कुरा हो । त्यसका निम्ति कांग्रेसले के दायित्व निर्वाह गर्नुपर्ला र त्यसका निम्ति कस्तो नेतृत्व चाहिएला भनेर हेर्यौ भने हामी सही बाटोमा हुन्छौं । दुई ठूला सम्भावना र कांग्रेस नेतृत्व मेरो बुझाइमा अबको चार बर्ष नेपालको राजनीतिमा महत्वपूर्ण रहनेछ । यसबीचमा दुई सम्भावनाबीच नेपाल रहनेछ । पहिलो, फेरि पनि इतिहासको क्रुर नियती दोहोरिन्छ । हाम्रो इतिहास छ कि हामी पटक–पटक आन्दोलनलाई सफल बनाउँछौं, तर आन्दोलनको उपलब्धि जोगाउनै सक्दैनौं, संस्थागत गर्न सक्दैनौं । अहिलेको सन्दर्भमा हेर्दा त्यस्तो भयो भने यो संविधान कार्यान्वायनमा जान सक्दैन । संविधानका केही कोसेढुंगा छन्, यसले केही संरचना निर्माणको सर्त तय गरेको छ । त्यो बाटोमै जाँदैन र एकप्रकारको अस्थिरता सुरु हुन्छ । संविधानकै विरुद्धमा नयाँ राजनीत

'कविताका नाममा भ्रम लेख्ने दिन इतिहास भए'

Image
कवि सरिता तिवारीलाई चिनाउन कुनै ‘इन्ट्रोडक्टरी लाइन’ आवश्यक छैन । र, उनी त्यो अपेक्षा गर्दिनन् पनि । उनका तीन कविता संग्रह ‘बुद्ध र लाभाहरू’, ‘अस्तित्वको घोषणापत्र’ र ‘प्रश्नहरूको कारखाना’का कविताले नै सरिताको परिचय जोड–जोडले दिइसकेका छन् । अझ अखबारमा आउने स्मृति र निबन्धले त उनका जीवनका अनेक पाना पल्टाइसकेका छन् । ‘प्रश्नहरूको कारखाना’ उनको ताजा कविता संग्रह हो ।   🅠 ‘प्रश्नहरूको कारखाना’को अवस्था कस्तो छ ? कति प्रश्नहरू उत्पादन भइरहेका छन् ? प्रश्नका प्रकृति कस्ता छन्  ? ➲ एकदमै उत्साहबद्र्धक छ । काठमाडौंमा विमोचनपछि हेटौंडा र चितवनमा विमर्श कार्यक्रमहरू सम्पन्न भएका छन् । फागुनमा पोखरा र चैतमा नुवाकोटमा किताबमाथि छलफलको कार्यक्रम तय भएको छ । व्यक्तिगत अनुभवको कुरा गर्नुहुन्छ भने प्रश्नहरूको कारखानाले आजको नेपाली कविताको निबमा केही गम्भीर प्रश्नहरू खडा गरिदिएको छ । कविताले राजनीतिक भाषा समात्नु किन जरुरी छ भन्ने विषयमा समेत यसले केही फरक रुपकहरूका बारे विमर्श गर्न उत्प्रेरित गरेको छ भन्ने लागेको छ । सामाजिक र मनोसांस्कृतिक बिम्बका रूपमा मानिसका रौं–रौंमा कुँदिएर बसेका आम

हँसाउँदा–हँसाउँदै रूवाउने ‘दाँतको डोब’

Image
उमेर एउटा डुंगा हो, जसले आफ्ना पाइला कहिल्यै नदेखिने गरी मेट्दै हिँड्छ । तर मानिसको मन यस्तो क्यामेरा हो, जसले हरेक पाइलाको तस्बिर खिचेर एल्बम बनाइराखेको हुन्छ । र, त हामी हरेक फुर्सदमा तिनै एल्बम पल्टाउँछौं र विगतको ‘नोस्टाल्जिया’मा डुब्छौं । भलै त्यो समय कहिल्यै फर्केर नआओस्, त्यसको मधुरतामा आनन्दित हुन्छौं र अमिलोमा अमिलिन्छौं ।  थिएटर भिलेजमा २८ माघदेखि मञ्चन भइरहेको नाटक ‘दाँतको डोब’ त्यस्तै नोस्टाल्जिक एल्बम हो जीवनको । हुन त यो एल्बम लेखक तथा निर्देशक खगेन्द्र लामिछानेको व्यक्तिगत हो । तर त्यसमा सप्पै दर्शकले कतै न कतै आफ्नो जीवनको रंग मिसिएको पाउँछन् । आफ्नो अनुभूतिमा सार्वभौम रंग घोलेर नाटकमा उतार्न खगेन्द्र कति खप्पिस छन् भन्ने अर्को उदाहरण हो ‘दाँतको डोब’ । त्यसो त उनका अरू नाटक र सिनेमाले पहिल्यै प्रमाणित गरिसकेको तथ्य हो यो । उनको पटकथा र अभिनय रहेको सिनेमा ‘पशुपतिप्रसाद’ले पाएको चर्चा अझै सेलाइसकेको छैन । त्यही तातोमै उनले दिएको यो नाटकमा पनि दर्शकले त्यो ‘खगेन्द्रत्व’ पाउँछन् । उनको निर्देशकीय क्षमताबारे अनजानका लागि यो एउटा अवसर पनि हो ।  नाटकको कथा सामान्य छ ।

योनीका कथा अर्थात साहसको कथा !

Image
आइतबार ‘भ्यालेन्टाइन्स डे’मा मस्त थियो सहर । गुलाबी रंगमा पोतिएर ‘माया’को सरगर्मीमा असिनपसिन थियो । म पनि उस्तै असिनपसिन थिएँ, तर मायाको गर्मीले होइन । मण्डला थिएटर, अनामनगरमा नाटक भ्याउन समयमै पुग्नु थियो, त्यसैले हिँडाइको गति बढाएको थिएँ । मञ्चन समयभन्दा १० मिनेट अघि त पुगेँ तर त्यसअघि नै टिकट नपाएर काउन्टरअघि छट्पटाइरहेका बीसभन्दा बढी व्यक्ति देखिए । मानिसहरू थपिँदै थिए, टिकट पाउने सम्भावना घटिरहेको थियो । धन्न, रंगकर्मी जीवेश रायमाझीले अनेक चाँजोपाँचो मिलाएर नाटक हेर्ने अवसर जुटाइदिए ।  नाटक निर्धारित समयभन्दा झण्डै आधा घन्टा ढिलो सुरु भयो । अन्तिम ‘शो’ थियो, नाटक हेरेरै छाड्ने दर्शक–जिद्दी स्वाभाविक भियो । र, सकेसम्म ठाउँ मिलाउने प्रयत्नमा समय खर्च भएको थियो । अन्ततः बस्न मिल्नेजति ठाउँ  भरिएपछि रंगकर्मी सोमनाथ खनालले नाटक ‘अनाउन्स’ गरे – ‘योनीका कथाहरू’ ।  झण्डै पौने दुई घन्टा लामो नाटकको अन्तिममा भनिएको छ, ‘जाऊ, माया गर ।’ त्यो माया भ्यालेन्टाइन डेको चल्तीको सन्देश थिएन, बरु महिला हिंसा विरुद्ध मनाइने ‘भि–डे’ लागि सन्देश थिया– योनीलाई माया गर ।  योनी शब्द नै सहजताका सा

'कतिले भने– ‘सेक्स सिन’ भएको उपन्यास कसरी प्रगतिवादी हुन्छ ?'

Image
विष्णु भण्डारी कवितामा चिनिएका नाम हुन् । ४० को दसकको सुरुवातदेखि नै कविता लेखनमा सक्रिय उनको सात काव्य कृति प्रकाशित छन् । त्यसपछि भने उनी उपन्यासका साथ देखा परेका छन् । ‘पहेँलो घाम’ उनको पहिलो उपन्यास हो ।  🆀कविता लेख्न थालेको तीन दसकपछि एक्कासी आख्यानमोह किन देखियो तपाईंमा ? ढ्याक्कै उपन्यास लिएर पो देखा पर्नुभयो त ! ➲ मैले लामो समय कविता विधामा कलम चलाएँ । खण्डकाव्य, महाकाव्य र कविता सङ्ग्रह प्रकाशित भए । कविताको शक्ति र सामथ्र्यका हिसाबले जुन ठाउँमा भए पनि मेरो पहिचान कविका रूपमा सार्वजनिक भयो । फेरि मलाई पढ्न र लेख्न मन पर्ने विधा पनि कविता नै हो । पछिल्लो समय महाकाव्य पनि लेखें । त्यस क्रममा लाग्यो– अहिलेको समय, मैले भोगेको समाज र मान्छेको वास्तविक चित्र उतार्न कविताभन्दा आख्यान सहज र फराकिलो छ । त्यसैले आख्यानमा हात हालेको हुँ ।  🆀  तीन दसक कविता लेख्दा नपाएको चर्चा, ‘मिडिया स्पेस’ एउटै उपन्यासले दियो है ? यसो किन हुन्छ, तपाईंको विश्लेषण ? ➲ उपन्यास सामान्य साक्षर व्यक्तिले पनि पढ्न र बुझ्न सक्ने विधा हो । कवितामा जस्तो बिम्ब र प्रतीकको आधिक्यता नहुने हुँदा सरल