प्रियतमा सेरिज 1.0
🎬 भिडियो हेर्नुहोस् 👆 2013 December 29 #प्रियतमा बन्द नहोस् तिम्रो मुस्कान, भोगिरहन चाहन्छु निरन्तर यो चरमआनन्द ! December 30 #प्रियतमा तिम्रो चुम्बनको सम्मानमा १० दिनसम्म मुख नधुने निर्णय गरेको छु । December 31 # प्रियतमा , मेरो ओठको क्यानभासमा तिम्रो ओठको कुचीले आज बनाएको आकृति जीवनको मूलढोकैमा टाँगेर राख्नेछु । 2014 January2 # प्रियतमा ले भर्खरै सन्देश पठाइन् – तिमीसँग बिताएका हरेक पलको माया लागेर आउँछ । उत्तर के लेखुँ ? January3 # प्रियतमा , नयाँ बर्षदेखि सबै लत छोड्छु भनेको त , तिम्रो मायाको के सारो तल लागेको ? January4 # प्रियतमा को गाथमा आराम नहुँदा म कसरी निर्धक्क निदाउन सक्छु र ? January5 # प्रियतमा , तिमी बेखबर भएको पल म कति तड्पिन्छु , तिमीलाई थाहा छैन र ? January6 # प्रियतमा , यति सानो उकालोमै थाकें नभन न । तिमी र म यस्ता हजार उकाला उक्लिनु छ । पुग्नु छ शिखर र बनाउनु छ सारा शिखरलाई होचो । शिखरमा पनि त चल्नेछ हिमबतास । त्यति बेला एकातिरबाट एकातिर तिमीले छेक्नेछौ , अर्कोतिर म छेक्नेछु । त्यो शिखरमा निरन्तर उभिन स...